Logo

अटो दुर्घटनामा चालकको मृत्यु

न्युजडेस्क
२०७६ माघ २३ , बिहीबार ०१:०२ मा प्रकाशित

मोरङको बिराटनगर महानगरपालिका-१० को भित्री सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान सवा ७ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक बिराटनगर महानगरपालिका-१७ का ४५ बर्षीय सलिम मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो । सोही अटोमा सवार रहेका अन्य ३ जना घाईते भई सोही अस्पतालमा उपचार भईरहेरको छ भने अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?