Logo

फ्रेण्ड्ससंग न्युरोड टिम एनआरटी २–० ले पराजित

कैलाश
२०७६ माघ २१ , मंगलबार ०६:०२ मा प्रकाशित

फ्रेण्ड्स क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा चौथो जित हात पारेको छ । दशौ चरणको खेलमा न्युरोड टिम एनआरटी २–० ले हराउदै फ्रेण्ड्स तालिकाको नवौ स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा फ्रेण्ड्सलाई जिताउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७८ औ मिनेटमा सन्जोगको गोलमा फ्रेण्ड्सले अग्रता बनाएको थियो । त्यसको ३ मिनेटपछि कार्मोले उसको अग्रता दोब्बर पारेका थिए । १० खेलबाट फ्रेण्डसको १४ अंक भएको छ । खेलमा फ्रेन्ड्सका अशिम भुसाल म्यान अफ दि म्याच घोषित भए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?