Logo

घरेलु मैदानमा सुखद बोहनी गर्ने नेपालको दाउ !

कैलाश
२०७६ माघ २१ , मंगलबार ०६:०२ मा प्रकाशित

 एक दिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग टु प्रतियोगीताको डेब्यु खेलमा नेपालले भोली चीरप्रतिद्धन्दी ओमानसंग प्रतिस्पर्धा गर्दैछ । साढे २ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेलिरहदा ओडीआई स्टाटसपछि नेपालले खेल्ने पहिलो सिरिजका रुपमा पनि यो प्रतियोगीता रहेको छ । त्रिबि क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने खेलमा नेपाल ओमानलाई हराउदै प्रतियोगीतामा सुखद बोहनी गर्न चाहान्छ ।
एकदिवसीय क्रिकेटमा ४ खेलाडीले डेब्युको संभावना रहेको खेलमा नेपाल धेरै ईतिहास बनाउने संभावना पनि रहनेछ । घरेलु मैदानमा पहिलो वन डे जित, ओमानमाथी एकदिवसीयमा पहिलो जितसंगै लिग टु को खेलमा पनि बोहनी जितको किर्तिमान नेपालसंग रहनेछ । ज्ञानेन्द्र मल्ल कमानीको टोलीमा अधिकांश युवा खेलाडीको बाहुल्यता रहेको छ ।
पुर्व कप्तान एवम टोलीका अलराउण्डर पारस खड्का पुरानाको अनुभव र नयाँको जोशबाट सकारात्मक नतिजा निकाल्न सफल बन्ने दाबी गर्छन् । ओमानबिरुद्धको खेलमा पारससंगै ज्ञानेन्द्र, शरद भेषावकर, आरिफ शेख, सन्दिप लामिछाने र करण केसी नेपालको मुख्य हतियार बन्न सक्छन् । अमेरिका समेत सहभागी सिरिजमा नेपालले दुबै देशसंग समान २ खेल खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?