Logo

कलेजको बस दुर्घटना १ को मृत्यु

न्युजडेस्क
२०७६ माघ ९ , बिहीबार ११:०१ मा प्रकाशित

मोरङ बिराटनगर-१५ बस्ने ३२ बर्षीय सानु साहको बस दुर्घटनामा परी मृत्यु भएको छ। आज बिहान साढे ६ बजे मोरङ धनपाल गाँउपालिका पिण्डेश्वरी स्कुल अगाडी बिराटनगर रंगेली सडक खण्डमा पश्चिम तर्फ जादै गरेको मे१ख ४०९० नम्बरको को लर्ड बुद्द कलेजको बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना हुदा घाईते भएका सोही बसका साहुजी साहको न्यूरो अस्पतालमा उपचारकोक्रममा ०७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बसमारहेका अन्य ५ जना समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पतालमा उपचारभईरहेको तथा बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?