Logo

इटहरीकाे युवाले १४ जनाकाे टाेली सहित रक्तदान गरेर जन्मदिन मनाए

न्युजडेस्क
२०७६ माघ ९ , बिहीबार ०९:०१ मा प्रकाशित

इटहरी-४ निवासी दीपज्याेती पाैडेलले आज २० बर्ष पुगेकाे अवसरमा आफु संगै कस्तुरी कलेजमा बिबिएस दाेश्राे बर्षमा अध्यनरत १४ जनाकाे टाेली सहीत धरानकाे बीपी अस्पतालमा रहेकाे रेडक्रसमा उपस्थीत भै रक्तदान गरेका छन ।B+ve रगत समुह रहेकाे दीपज्याेती संग उपस्थित १४ जना मध्य ९ जनाले मात्रै रक्तदान गरेका थिए भने बाकी ५ जना मध्य २ जना Low blood pressure, २ जना रक्तदानकाे लागि समय नपुगेकाे र १ जना औषधि प्रयाेग गरिरहेकाे कारण रक्तदान गर्न असक्षम भएका थिए ।जन्मदिनकाे अवसरमा आफ्नाे टाेली सहित रक्तदान गर्न ईच्छुक रहेकाे कुरा BloodForNepal समक्ष जानकारी गराए पछि BloodForNepal धरान टीम ले रेडक्रस धरान संग सहकार्य गरी उक्त कार्यक्रम सफल पारिएकाे थियाे।BloodForNepal धरान टीमका सदस्यहरु सराेज दाहाल, किशाेर राेहनीयार, नुमसा चेमजोङ र हरी श्रेष्ठ सहितकाे टाेली उपस्थित थियाे।
यस्तै रक्तदाताहरूकाे लागी रेडक्रस धरानकाे तर्फवाट जुस र खानेकुराकाे व्यवस्था गरिएकाे थियाे भने BloodForNepal धरान टीमले बर्थडे केक काे व्यवस्था गरिएकाे थियाे।

यसैगरी BFN धरान टीमकाे कीशाेर राैहनीयार ले आफ्नाे जन्मदिनमा रक्तदान गर्न कसरि प्रेरित हुनुभयाे भन्ने प्रश्नगर्दा दीपज्याेती पाैडेल ले यसो भने – हामि २१औ सताब्दिमा ठुलाे खर्च गरेर जन्मदिन मनाउने हाेडबाजी चलिरहेकाे वेला आफुले भने गत बर्ष देखी नै केही फरक तरीकाले जन्मदिन मनाउन सुरु गरेकाे बताउनु बताए । गत बर्ष सडक वालवालिकालाई खाना खुवाएकाे र यस वर्ष पनि यस्तै केही गर्ने साेच्दै गर्दा रक्तदान गर्ने साेच सहित BloodForNepal लाई सम्पर्क गरेकाे बताउनु भयाे। आफुले दिएकाे रगतवाट कसैकाे जिवन रक्षा हुन्छ भने जन्मदिनमा आफुले गरेकाे याे कार्य साचिकै महान हुनेछ भन्ने उहाकाे ठम्याई छ।आफ्नाे साथीकाे जन्मदिन केही महान कार्य गर्ने माैका मिलेकाे भन्दै रक्तदाता हरु खुसि देखिन्थे भने विभिन्न कारणवस आफुहरु रक्तदान गर्न असमर्थ भए पनी यस कार्यमा उपस्थित हुन पाएकाेमा उत्साहित थिए।

यस्तै आफुहरु लामाे समय देखि बिभिन्न समुह संग मिलेर blood volunteering गरीरहे पनि यसरि जन्मदिन मनाउने साेच नआएकाे र अब यसरि नै जन्मदिन मनाउने र अरुलाई पनी प्रेरीत गर्ने प्रेरणा मिलेकाे BloodForNepal धरान टीमका सदस्यहरुले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?