Logo

सन्दिपको टोली मेलबर्नले १२ औ खेल सिड्नी सिक्सर्ससंग खेल्दै

कैलाश
२०७६ माघ ६ , सोमबार १०:०१ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा शीर्ष स्थानको मेलबर्न स्टार्सले सिड्नी सिक्सर्ससंग प्रतिस्पर्धा गर्दैछ । सिड्नीको घरेलु मैदानमा नेपाली समयानुसार दिउँसो १ बजेर २५ मिनेटमा यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । ११ औ चरणसम्म १० जित र १ हारसंगै २० अंकमा तालिकाको शीर्ष स्थानमा रहेको मेलबर्न ११ औ जितसंगै शीर्ष स्थानको अग्रता थप बढाउन चाहान्छ । ६ जित र ४ हारको नतिजा निकालेको सिड्नी घरेलु मैदानमा सातौ जितसंगै अघिल्लो चरण प्रबेशको संभावना बलियो बनाउने योजनामा रहेको छ । मेलबर्नबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दिपलाई आज पनि टोलीले प्लेईङ सेटमा राखेको छ । टी–२० क्रिकेटमा सयौ विकेटको संघारमा रहेका सन्दिपबाट टोलीले यसअघिकै प्रर्दशन चाहेको छ । बिग बास लिग क्रिकेटको जारी सिजन उनले १२ विकेट हात पारिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?