Logo

ला लिगामा बार्सिलोना शीर्ष स्थानमा

कैलाश
२०७६ माघ ६ , सोमबार १०:०१ मा प्रकाशित

एजेन्सी । बार्सिलोना, स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । पछिल्लो खेलमा गएराती ग्रानाडालाई १–० ले हराउदै बार्सा तालिकाको पहिलो स्थानमा आईपुगेको हो । रियल मड्रिडसंग समान ४३ अंक भएपनि गोलअन्तरमा बार्सा अघि रहदै शीर्ष स्थानमा पुगेको हो । एकपक्षिय खेलमा बल पोजिशनमा ८३ प्रतिशत नियन्त्रण जमाएपनि बार्सालाई गोल गर्न ७६ औ मिनेटसम्म कुर्नु परेको थियो । लियोनल मेसीले निर्णायक गोल गर्दै टोलीलाई महत्वपुर्ण ३ अंक दिलाए । २० खेलबाट उसको ४३ अंक भएको छ ।
गएराती नै भएका अन्य खेलहरुमा मायोरकाले भ्यालेन्सीयालाई ४–१ ले, स्पानियोलले भियारियललाई २–१ ले तथा रियल बेटिसले रियल सोसिडाडलाई ३–० ले पराजित गरे । एथ्लेटिको बिल्वाओ र सेल्टा डि भिगोले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?