Logo

ए डिभिजन लिग फुटबलमा आज ब्रिगेड र संकटा तथा च्यासल र आर्मी भिड्ने

कैलाश
२०७६ माघ ६ , सोमबार १०:०१ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि सातौ चरणका अन्तिम २ खेल हुदैछन् । आजको पहिलो खेलमा मध्यान्ह १२ बजे संकटा र ब्रिगेड ब्वाईज क्लब प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा संकटा र ब्रिगेड दुबै तेस्रो जितको खोजीमा रहनेछन् । ८ अंकमा तालिकाको आठौ स्थानमा रहेको संकटा शीर्ष ५ मा पुग्ने योजनामा रहदा ब्रिगेडपनि तालिकामा सुधार गर्न चाहान्छ ।
दिउँसो ३ बजे हुने खेलमा शीर्ष स्थानको त्रिभुवन आर्मी र च्यासल युथ क्लब आमने सामने हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा आर्मी पाँचौ जितसंगै शीर्ष स्थानको अग्रता बढाउन चाहान्छ । ६ अंकमा १२ औ स्थानमा रहेको च्यासल कम्तीमा ४ स्थान सुधारको योजनामा रहेको छ ।
यसअघि हिजो भएका खेलमा फ्रेण्डसले सरस्वतीलाई ४–१ ले तथा एनआरटीले एपिएफलाई ३–२ ले स्तब्ध पारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?