एपीएफलाई हराउदै एनआरटी छैटौ स्थानमा उक्लियो

खेलकुद फूटबल

विभागीय टोली नेपाल एपीएफलाई हराउदै एनआरटी सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौ स्थानमा उक्लिएको छ । आज भएको खेलमा एपीएफलाई ३–२ गोल अन्तरले हराउदै एनआरटीले तालिकामा सुधार गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एनआरटीलाई जिताउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले गोल गरे । एपीएफका लागी दुबै गोल आशिष लामाले गरे । खेलको २४ औ मिनेटमा आन्द्रेको गोलबाट एनआरटीले अग्रता बनाएको थियो । ४१ औं मिनेटमा आशिषले गोल गर्दै खेल बराबरीमा ल्याए । ५४ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–१ को अवस्थामा पुर्याए । दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गरेको एनआरटीले ८० र ८५ औ मिनेटमा गोल गर्दै महत्वपुर्ण अंक हात पारेको हो । ७ खेलबाट ११ अंक जोडेको एनआरटी छैटौ स्थानमा उक्लदा एपीएफ ५ अंकमा १२ औ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।