Logo

म्यानचेष्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा

कैलाश
२०७६ माघ २ , बिहीबार १०:०१ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रबेश गरेको छ । रिप्ले म्याचमा गएराती वोल्भरहेम्प्टनलाई १–० ले हराउदै म्यान युनाईटेडले चौथो चरणमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जुआन माटाले खेलको ६७ औ मिनेटमा गरेको गोल युनाईटेडको जितमा पर्याप्त बनेको थियो । खेलमा बल पोजिशनमा राम्रो पकड बनाएपनि म्यान युनाईटेडले पाएका अन्य अवसरलाई भने खेर फालेको थियो । युनाईटेडले चौथो चरणको खेलमा ट्रेन्मेयर र वाटफोर्टबिचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
गएराती नै कार्लआईल युनाईटेडलाई ४–३ ले हराउदै कार्डिफ सिटिले चौथो चरणको यात्रा तय गरेको छ । चौथो चरणको खेलमा उसले रिडिङको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?