Logo

बिग बास क्रिकेट लिगमा मेलबर्नले आज पर्थसंग खेल्दै

कैलाश
२०७६ माघ १ , बुधबार १०:०१ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा शीर्ष स्थानको मेलबर्नले आज पर्थ स्कोचर्ससंग प्रतिस्पर्धा गर्दैछ । दशौ चरणको खेलमा मेलबर्न नवौ र पर्थ छैठौ जितको खोजीमा रहनेछ । पर्थको घरेलु मैदानमा नेपाली समयानुसार अपरान्ह ३ बजेर ५५ मिनेटमा यी २ टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । जारी सिजन उत्कृष्ट फर्ममा रहेको मेलबर्न दशौ चरणमा पनि आफ्नो लय कायम राख्ने योजनामा रहेको छ । मेलबर्नले आजको खेलमा लेगस्पिनर सन्दिप लामिछानेलाई लगातार मैदान उतार्नेछ । टोलीका महत्वपुर्ण सदस्य एडम जाम्पा ईण्डिया भ्रमणमा रहेकाले मेलबर्नको स्पिन बलिङको मोर्चा सन्दिपले सम्हाल्नेछन् । आजको खेलमा जित निकाले मेलबर्नको अघिल्लो चरणको यात्रा निश्चित हुनेछ ।
आजै मेलबर्न रेनेगेड्स र सिड्नी थन्डरबिचपनि प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?