धनकुटामा शुक्रबारबाट प्रदेशस्तरीय महिला फुटबल हुने

खेलकुद फूटबल

धनकुटामा शुक्रबाट प्रदेशस्तरिय महिला गोल्डकप फुटबल हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा माघ ७ गतेसम्म प्रतियोगीता हुन लागेको हो । प्रतियोगीतामा धनकुटा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाका ८ टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष ईश्वरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलमा ओमेन अफ द म्याच र विधागत पुरस्कारमा समेत नगद पुरस्कार दिईने आयोजक समितिका सल्लाहकार तथा धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राईले बताउनु भयो । धनकुटा नगरपालिका ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० साल चैत्र ३ गते विराटनगरमा बम विष्फोटका क्रममा निधन भएको थियो । श्रेष्ठलाई २०७४ साल माघ ३ गते राष्टिय सहिद घोषणा गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।