एमएम कप क्रिकेटको सेमिफाईनल चरणका खेलहरु आज सुरु हुदै

क्रिकेट खेलकुद

सुनसरीमा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुदैछन् । प्रतियोगीताको पहिलो सेमिफाईनलमा आज त्रिभुबन आर्मी र बाग्मती प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । आर्मी समुह ए र बाग्मती समुह सीको विजेताका रुपमा सेमिफाईनलमा स्थान बनाएका हुन् । दुबै टोलीमा राष्ट्रिय टोलीका सदस्यको बाहुल्यता रहेकाले सेमिफाईनल खेल निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । आर्मी विनोद भण्डारी र बाग्मती प्रदेश सुबास खकुरेलको कमानीमा मैदान उत्रनेछन् । ईनरुवा रंगशालामा केहिबेरमा मैदान उत्रदा दुबै टोली फाईनल प्रबेशको लक्ष्यमा रहनेछन् ।
आजको विजेताले प्रतियोगीताको उपाधिका लागि भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोली नेपाल पुलिस र सुदुरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।