Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज संकटा र आर्मी भिड्दै

कैलाश
२०७६ पुस २९ , मंगलबार ०९:०१ मा प्रकाशित

 सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज छैठौ चरणको अन्तिम खेलमा संकटा क्लब र विभागीय त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्दैछन् । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । १२ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको आर्मी सिजनको पाँचौ जितसंगै शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ ।
संकटा भने आर्मीबिरुद्ध जित निकाल्दै शीर्ष ५ मा पुग्ने लक्ष्यमा आज मैदान उत्रनेछ । पाँचौ चरणसम्म २ जित समान हार र १ बराबरीको नतिजासंगै ७ अंकमा तालिकाको आठौ स्थानमा रहेको संकटा चौथो स्थानमा पुग्ने दाउमा रहेको छ ।
पा“चौचरणको खेल सकिदा मछिन्द्र र मनाङ अपराजित रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?