मिस मार्टिना २०२० को दोस्रो अडिसन इटहरीस्थित मार्टिना मेकअप स्टुडियो को भबनमा सम्पन्न(फोटो सहित)

मनोरंजन

सुनसरीको इटहरीमा पहिलो चोटी हुन लागेको मिस मार्टिना २०२० को दोस्रो अडिसन इटहरिस्थित मार्टिना मेकअप स्टुडियो को भबनमा सम्पन्न भएको छ पौष । द्रोसो अडिसनमा १७ जनाको उपस्थिति रहेको थियो ।

नगद रु.५० हजार बिजेताले प्राप्त गर्ने त्यसै गरि द्रोसो हुनेले २०००० तेस्रो हुनेले १५००० नगद पाउने छन । यस प्रतियोगिताको लागि पहिलो अडिसन बाट पाँच जना प्रतियोगी छनौट भइ सकेको मार्टिना मेकअप स्टुडियोकि संचालिका उर्बी श्रेष्ठले बताइन ।

लामो समय देखि मार्टिना मेकअप स्टुडियो चलाउदै आएकी श्रेष्ठले महिलाहरुमा लुकेर रहेको प्रतिभा लाई बाहिर निकाल्न तथा आत्मबल बढाउन इटहरीमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बताउछिन् ।

यसै कार्यक्रम बाट मुनाफा भएको केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने र बिशेष गरि भिजिट नेपाल २०२० चलि रहेको बेला यसलाई पनि सफल पर्न आन्तरिक पर्यटनको प्रवर्दन गर्न सहयोग गर्ने श्रेष्ठ बताउछिन ।
आयोजक संस्था मार्टिन मेकअप स्टुडियोले फेसन सो, जस्ता कार्यक्रमहरु संचालन गर्नुका साथै सामाजिक कार्यमा पनि सफल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।