बार्सिलोनाले प्रशिक्षक भल्भर्डेलाई हटायो, नयाँ प्रशिक्षकमा सेटिन नियुक्त

खेलकुद फूटबल

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले क्लबका मुख्य प्रशिक्षक बर्खास्त गरी नयाँ प्रशिक्षक नियुक्त गरेको छ । बार्सालाई २ सिजन लिगको उपाधि दिलाएका अर्नेष्टो भल्भर्डेलाई बर्खास्त गर्दै बार्साले क्वेक सेटिनलाई सो जिम्मेबारीमा ल्याएको हो । रियल बेटिसका पुर्ब प्रशिक्षक सेटिनसंग बार्साले २ बर्षको सम्झौता गरेको हो । गत साता भएको स्पेनिस सुपरकपको सेमिफाईनलबाटै बाहिरिएपछि ५५ बर्षिय भल्भर्डेलाई हटाउन बार्सामाथी दबाव भएको हो । जारी सिजनको ला लिगामा पनि आशातित प्रर्दशन हुन नसकेपछि प्रशिक्षक भल्भर्डेसंगको सम्झौता समाप्त गर्ने तयारी बार्साले गरिरहेको थियो ।
गत सिजनको च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा लिभरपुलसंग भोगेको हार तथा कोपा डेल रे कपमा भ्यालेन्सीयासंगको पराजयपछि क्लब ब्यबस्थापक र प्रशिक्षकबिचको दुरी बढ्दै गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।