Logo

टी–२० विश्वकप क्रिकेटमा २० राष्ट्र सहभागी गराउने आईसीसीको तयारी

कैलाश
२०७६ पुस २९ , मंगलबार ०९:०१ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ को टी–ट्वान्टी विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने गृहकार्य सुरु गरेको छ । क्रिकेटको लोकप्रियतालाई थप बढावा दिन तथा धेरै मुलुकको सहभागीताका लागि आईसीसीले २० राष्ट्रलाई विश्वकप क्रिकेटमा सहभागी गराउने तयारी गरेको हो ।
सन् २०२३ देखी ३१ सम्मको अबधीमा विश्वकप खेल्ने राष्ट्र तथा रणनितिसम्बन्धी रिपोर्टमा सहभागीको संख्या २० पुर्याउने उल्लेख छ । सन् २०२४ को विश्वकपबाटै नयाँ स्वरुपमा विश्वकप क्रिकेट गर्ने गरी तयारी भईरहेपनि त्यसले औपचारिक आकार लिन बाँकि छ । यदि आईसीसीले यो नियम लागु गरे नेपालसहित एसोसिएट राष्ट्रसंगै वरियतामा माथी रहेरपनि छनोट हुन असफल भएका राष्ट्रलाई ठुलो राहात मिल्नेछ ।
तर उल्लेखीत रिर्पोटमा २ विकल्पबाट सहभागी राष्ट्रको संख्या बढाउने उल्लेख गरिएको छ ।

पहिलो विकल्प : छनोट खेलेका राष्ट्रले लिग चरणमा शीर्ष वरियताका राष्ट्रसंग प्रतिस्पर्धा गर्ने । विभिन्न महादेशबाट छनोटचरण पार गरि आएका राष्ट्रहरुलाई विश्वकप खेल्ने राष्ट्रहरुसंग लिगचरणको खेल खेलाउने र अंकका आधारमा शीर्ष स्थानमा रहने टोलीले विश्वकपमा पुर्याउने ।
दोस्रो विकल्प : २० राष्ट्रलाई सिधै ४ समुहमा बिभाजन गराई राउण्ड रोबिन लिगका आधारमा विश्वकप खेलाउने । शीर्ष स्थानको टोलीले नकआउट चरणमा स्थान बनाउने ।
आईसीसी जुनसुकै विकल्पमा गएपनि नेपाल लगायत टि–२० वरियतासंगै क्षमतावान राष्ट्रले नियमित रुपमा विश्वकपमा सहभागीता जनाउन पाउनेछन् । तर त्यसका लागि आईसीसीले तयार पारेको रिर्पोटलाई बोर्ड बैठकले पारित गर्नुपर्ने । आन्तरिक छलफलबाटै यो रिर्पोट सार्बजनिक गरिएकाले यसले मुर्त रुप पाउने संभावना उच्च रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?