एसीसी एसीयाकप टी–२० छनोट प्रतियोगीता फेब्रुअरी तेस्रो साताबाट

क्रिकेट खेलकुद

एसीसी एसीयाकप टी–२० क्रिकेटको छनोट खेलको मिती सार्बजनिक भएको छ । एसियाली क्रिकेट काउन्सील एसीसीले पश्चिमी र पुर्बी क्षेत्रको छनोट प्रतियोगीताको मिति आज सार्बजनिक गरेको हो । पहिलो चरणमा पश्चिमी क्षेत्रको छनोट फेब्रुअरी २१ देखी २८ सम्म ओमानमा हुनेछ । पश्चिमी क्षेत्रको प्रतियोगीतामा आयोजक ओमानससंगै कतार, युएई, साउदि अरेबिया, बहराईन, ईरान, कुवेत र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
पुर्वी क्षेत्र छनोट भने थाईल्याण्डमा फेब्रुअरी २७ देखी मार्च ६ सम्म चल्नेछ । जहाँ आयोजक थाईल्याण्डसंगै नेपाल, सिंगापुर,हङकङ, मलेसीया,म्यानमार, चीन र भुटानले प्रतिस्पर्धा गर्नेछन् । सुरुमा राउण्ड रोबिन र त्यसपछि प्लेअफ फर्मेटमा हुने खेलमा दुबै क्ष्ँेत्रका फाईनलिष्ट टोलीले एसियाकपको अन्तिम छनोट खेल्न पाउनेछन् । मलेसीयामा हुने ४ राष्ट्रबिचको अन्तिम छनोटबाट १ टोलीले एसियाकप टी–२० मा स्थान सुरक्षित गर्नेछन् । ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने एसिया कपमा भारत, पाकिस्तन,श्रीलंका, बंगलादेश, अफगानिस्तानसंगै छनोटबाट आएको एक टोली रहनेछन्

तपाइको प्रतिक्रिया दिनुहोस ।