Logo

अष्ट्रेलिया र ईण्डियाबिचको वन डे सिरिज आज सुरु हुदै

कैलाश
२०७६ पुस २९ , मंगलबार ०९:०१ मा प्रकाशित

एजेन्सी । ईण्डिया र अष्ट्रेलियाबिचको वन डे सिरिज आज सुरु हुदैछ । ३ म्याचको सिरिज अन्तर्गत पहिलो खेल मुम्बईमा नेपाली समयानुसार दिउसो पौने २ बजे सुरु हुनेछ । घरेलु टोली नियमित कप्तान बिराट कोहलीको कमानीमा मैदान उत्रदा भ्रमणकारी कंगारु टोली एरोन फिन्चको नेतृत्वमा मैदान उत्रनेछ । श्रीलंकासंगको टी–२० सिरिजमा टोलीबाहिर रहेका रोहित शर्मा अष्ट्रेलियासंगको खेलमा भने टोलीमा रहेका छन् ।
ईङल्याण्डमा भएको विश्वकप क्रिकेटको सेमिफाईनलपछि अष्ट्रेलियाको यो पहिलो वन डे सिरिज हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?