Logo

स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

कैलाश
२०७६ पुस २८ , सोमबार ०८:०१ मा प्रकाशित

एजेन्सी । स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरेबियामा गएराती भएको फाईनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टि सुटआउटमा ४–१ गोल अन्तरले हराउदै रियलले उपाधि उचालेको हो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टि सुटआउटबाट गरिएको थियो । औल निगुएज र थोमस पार्टे पेनाल्टिमा चुक्दा एट्लेटिको उपबिजेतामै सिमित बनेको हो ।
यसअघि रियल मड्रिड अतिरिक्त समयमा १० खेलाडीमा सिमित भएको थियो । ईन्ज्युरी समयमा फेडरिको भल्भर्डे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियलले त्यसपछिको समय १० खेलाडीमा खेलेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?