Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज फ्रेण्ड्स र थ्रीस्टार तथा ब्रिगेड र सरस्वती भिड्दै

कैलाश
२०७६ पुस २७ , आईतबार ११:०१ मा प्रकाशित

 सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज छैठौ चरणमा थप दुई खेल हुदैछन् । आजको पहिलो खेलमा फ्रेण्ड्स क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन् । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । १० अंकमा तालिकाको चौथो स्थानमा रहेको थ्रीस्टार चौथो जितसंगै दोस्रो स्थानमा उक्लने योजनामा रहेको छ । जारी सिजन जितबिहिन रुपमा रहेको फ्रेण्ड्स थ्रीस्टारबिरुद्धको खेलमा ब्रेक थ्रु गर्ने लक्ष्यमा छ ।
आजको दोस्रो खेलमा दिउँसो ३ बजे बिग्रेड र सरस्वती युथ क्लब आमने सामने हुनेछन् । २ जित र ३ हारसंगै ६ अंकमा तालिकाको आठौ स्थानमा रहेको ब्रिगेड २ स्थान माथी चढ्ने योजनामा रहदा पुछारमा रहेको सरस्वती सिजनको पहिलो अंक जोड्ने दाउमा रहेको छ । सरस्वती जारी सिजन जितबिहिन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?