युवा समाजसेवी निकेश खतिवडा द्वारा राम जानकी बृद्भ आश्रमका बा-आमालाई न्यानो कपडा वितरण

समाज

सुनसरी स्थित इटहरी १६ मा रहेको श्री राम जानकी बृद्भ आश्रमका बा-आमालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय युवा समाजसेवी निकेश खतिवडाको पहलमा १२ जनालाइ न्यानो कपडा बितरण गरिएको हो ।उनीहरूलाई बर्को, टोपी, मखलर लगायत वितरण गरिएको समाजसेवी युवा निकेश खतिवडाले जानकारी दिए । जाडोले पीडित बा-आमाको सेवा गर्न पाउँदा खुसी र आनन्द महसुस भएको खतिवडाले बताए । खतिवडाले विवेक भट्टराइ, कृष्ण लिम्बु, वासु बराल, रोहित कटुवाल,राम निरौला लगायतकाे सहयोगमा सामाग्री प्रदान गरेका हुन् । अब आउने दिनमा पनि यसै गरि समाजको निम्ति काम गर्ने युवा समाजसेवी खतिवडाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।