Logo

बार्सिलोनाका फरवार्ड लुइस स्वारेज ४ महिना मैदान बाहिर

न्युजडेस्क
२०७६ पुस २७ , आईतबार १०:०१ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइस स्वारेज ४ महिना मैदान बाहिर रहने भएका छन् ।घुँडाको चोटको शल्यक्रिया गरेपछि स्वारेज ४ महिना मैदान बाहिर रहने भएका हुन् । स्वारेजको दायाँ घुँडाको आइतबार शल्यक्रिया गरिएको छ बार्सिलोनाले आइतबार प्रेस विज्ञप्ति निकाल्दै स्वारेज लामो समय मैदान बाहिर रहने जनाएको छ ।’पहिलो रोजाईका खेलाडी लुइस स्वारेजको घुँडाको शल्यक्रिया आइतबार डा रामोन कगाटबाट गरिएको छ,’ बार्सिलोनाले भनेको छ, ‘उरुग्वेका स्ट्राइकर सम्भवत ४ महिना मैदान बाहिर रहनेछन् ।’उरुग्वेका ३२ वर्षे फरवार्ड स्वारेजले यस सिजन २३ खेलमा १४ गोल गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?