प्रबिण–माधुरी सेवा प्रतिष्ठानद्धारा बिपन्न परिवारलाई न्यानो कपडा

इटहरी खबर

प्रबिण–माधुरी सेवा प्रतिष्ठानले अठारौं माधुरी स्मृती दिवसको अबसरमा न्यानो कपडा बितरण गरेको छ । इटहरी उपमहानगरपालिका ११ स्थित आम्झोखिकाका बिपन्न तथा निम्न स्तर भएका परिवार, बृद्द बृदा तथा अपाङ्गहरुलाई न्यानो कपडा बितरण गरेको हो । प्रबिण आचार्यको धर्म पत्नी माधुरी आचार्यको १८ बर्ष अगाडि निधन भएसँगै उनको स्मृतिमा प्रबिण–माधुरी प्रतिष्ठान स्थापना भएको सदस्य प्रकाश आचार्यले जानकारी दिए । यसअघि पनि संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । आचार्यका अनुसार संस्थाले माधुरी आचार्यको स्मृतिमा प्रत्येक पुण्य तिथिमा गरिब, बिपन्न तथा असहाय व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का सदस्य नारायण प्रसाद आचार्य, संस्थाका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष खेमप्रसाद तिम्सिना, सचिव हरिराम भट्टराई , सह–सचिब राजकुमार आचार्य, कोषाध्यक्ष लक्ष्मी थापा (आचार्य), सल्लाहकार संयोजक पदम प्रसाद आचार्य, सल्लाहकारहरु ज्ञानप्रसाद पौडेल, शालीकराम आचार्य, धर्मराज आचार्य, सदस्यहरु केदारनाथ दाहाल, भानुशर्मा फुयाँल, जानुका आचार्य, मेनुका बस्नेत, लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।