Logo

ईण्डिया र श्रीलंकाबिचको तेस्रो तथा निर्णायक टि–२० आज

कैलाश
२०७६ पुस २५ , शुक्रबार ११:०१ मा प्रकाशित

एजेन्सी । ईण्डिया र श्रीलंकाबिचको तेस्रो तथा निर्णायक टि–२० क्रिकेट आज हुदैछ । बर्षाका कारण पहिलो खेल रद्द भएपछि तीन म्याचको सिरिजमा घरेलु टोली १–० ले अघि छ । पुनेमा नेपाली समयानुसार राती सवा ७ बजे मैदान उत्रदा भ्रमणकारी टोली श्रीलंका सिरिज बराबरीमा ल्याउने योजनामा हुनेछ । टोलीका अलराउण्डर ईश्रु उडाना घाईते भएपछि आजको खेलमा श्रीलंकाले एंगेलो म्याथुजलाई टोलीमा राखेको छ ।
ईण्डिया भने श्रीलंकालाई हराउदै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ । दोस्रो खेलमा ७ विकेटको शानदार जित निकालेको ईण्डिया घरेलु मैदानमा आफ्नो रवाफ कायम राख्दै सिरिजको उपाधि हात पार्ने योजनामा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?