Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज शेर्पा र फ्रेण्डस क्लब भिड्दै

कैलाश
२०७६ पुस २२ , मंगलबार ०९:०१ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक मात्र खेल हुदैछ । पाँचौ चरण अन्तर्गत आज हिमालयन शेर्पा र फ्रेण्डस क्लब प्रतिस्पर्धा गर्नेछन् । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे मैदान उत्रदा दुबै टोली सिजनको पहिलो जित निकाल्ने योजनामा रहनेछन् । अघिल्ला ४ मध्ये २ बराबरी र २ मा हार भोगेको शेर्पा २ अंकमा तालिकाको १२ औ स्थानमा छ । समान खेलमा १ बराबरी र ३ हारको नतिजा निकालेको फ्रेण्ड्स १३ औ स्थानमा छ । दुबै टोलीलाई तालिकामा सुधार गर्न आजको खेल निक्कै महत्वपुर्ण रहेको छ ।
जारी सिजन दमदार प्रर्दशन गर्न नसकेका दुबै टोली पाँचौ चरणबाट सुधाारिएको खेल खेल्ने प्रयासमा रहनेछन् । यसअघि हिजो भएका दुबै खेल बराबरीमा सकिएका थिए । हिजो मनाङ मस्र्याङदी र मछिन्द्र फुटबल क्लबले २–२ को बराबरी खेल्दा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले गोलरहित बराबरीको नतिजा निकालेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?