Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुदै

कैलाश
२०७६ पुस २१ , सोमबार ११:०१ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पाचौ चरणका २ खेल हुदैछन् । आजको पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे मैदान उत्रदा दुबै टोली तेस्रो जितको खोजीमा रहनेछन् । चौथो चरणसम्म अपराजित रहेको जावलाखेल एनआरटीलाई हराउदै केहि समयका लागि शीर्ष स्थानमा पुग्ने योजनामा रहदा एनआरटी पनि तालिकामा ३ अंक थप्न चाहान्छ ।
आजै हुने दोस्रो खेलमा दिउसो ३ बजे उपाधि होडमा रहेका मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङदी आमने सामने हुनेछन् । ३ जित र १ बराबरीको नतिजा हात पारेका दुबै टोली एकअर्काबिरुद्ध जित निकाल्दै शीर्ष स्थानमा अग्रता बढाउने लक्ष्यमा रहेका छन् । समान नतिजा निकालेपनि अघिल्लो सिजन रेलिगेशनमा परेपछि मछिन्द्र ९ अंकमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको मनाङको १० अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?