Logo

लिभरपुल र चेल्सी एफ ए कप फुटबलको चौथो चरणमा

कैलाश
२०७६ पुस २१ , सोमबार ११:०१ मा प्रकाशित

एजेन्सी । लिभरपुल र चेल्सी एफ ए कप फुटबलको चौथो चरणमा प्रबेश गरेका छन् । तेस्रो चरणको खेलमा गएराती एभर्टनलाई १–० ले हराउदै प्रिमियर लिग लिडर लिभरपुलले एफए कपको चौथो चरणमा प्रबेश गरेको हो । कर्टिस जोन्सले ७१ औ मिनेटमा गरेको गोल लिभरपुललाई जित दिलाउन पर्याप्त बन्यो । १८ बर्षिय जोन्सले लिभरपुलको जर्सीमा पहिलो गोल गरेका हुन् । खेलमा एभर्टनले केहि राम्रा अवसर पाएपनि त्यसको सदुपयोग भने गर्न सकेन् ।
गएरातीनै चेल्सीले नोटिङघम फरेष्टलाई २–० ले हराउदै चौथो चरणमा प्रबेश गरेको छ । चेल्सीले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । हुड्सन ओडोईले खेलको छैठौ मिनेटमा चेल्सीको खाता खोलेका थिए । ३३ औ मिनेटमा रोस बाक्र्लीले अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
अन्य खेलहरुमा जित निकाल्दै वेष्ट ह्याम युनाईटेड, वेष्ट ब्रोम, सिफिल्ड युनाईटेड र डर्बी काउन्टीले पनि चौथो चरणमा स्थान सुरक्षित गरेका छन् । मिडल्स ब्रोसंग एक एकको बराबरीमा रोकिएको टटनह्यामले अघिल्लो चरण प्रबेशका लागि अर्को खेल खेल्नुपर्ने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?