Logo

एमएम कप क्रिकेटमा एपीएफको पहिलो जित, घरेलु टोली ८३ रनले पराजित

कैलाश
२०७६ पुस २१ , सोमबार ०५:०१ मा प्रकाशित

सुनसरीमा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले पहिलो जित निकालेको छ । आज भएको खेलमा एमएमसीसी ईनरुवालाई ८३ रनले हराउदै एपीएफले सेमिफाईनल पुग्ने संभावना कायमै राखेको हो ।
एपीएफले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको ईनरुवा ३६ दशमलव २ ओभरमा १ सय २१ रनमा समेटियो । रभी रोएले २६, रुपेश श्रीवास्तवले २३ तथा विवेक मेहेत्ताले १५ रन बनाएको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ईनरुवालाई लक्ष्य अगावै समेट्न सुर्य तामाङले ४, कप्तान बसन्त रेग्मीले ३ तथा यज्ञमान कुमालले २ विकेट लिए । अर्को विकेट अमरसिंह राउटेलाको नाममा रह्यो ।
यसअघि ईनरुवा रंगशालामा टस जितेर पहिले ब्याटिङमा उत्रिएको एपीएफ ४३ दशमलव ४ ओभरमा २ सय ४ रनमा अलआउट भएको थियो । सुमित महर्जनले ८३ रन बनाएको एपीएफको जितमा शंकर रानाले ३६ र प्रदिप ऐरीले १९ रनको योगदान गरे । ईनरुवाका सरोज बस्नेतले ४ तथा अल्फाज मन्सुरी, सोनु मण्डल र भुपाल लुईटेलले समान दुई विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?