एमएम कप क्रिकेटमा आज आर्मी र एपीएफ भिड्दै

क्रिकेट खेलकुद

सुनसरीको ईनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आज विभागीय डर्बी अन्तर्गत त्रिभुवन आर्मी र नेपाल एपीएफबिच प्रतिस्पर्धा हुदैछ । समुह ए मा रहेका यी दुई टोलीबिचको प्रतिस्पर्धा ईनरुवा क्रिकेट मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ । एपीएफ शरद भेषावकर र आर्मी बिनोद भण्डारीको कमानीमा मैदान उत्रनेछन् । दुबै टोलीमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेकाले आजको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान छ । यद्यपी बिहानैबाट तराईका जिल्लाहरुमा लागेको बाक्लो हुस्सुका कारण खेल प्रभावित हुने संभावना छ । तीन टोली रहेको समुहबाट शीर्ष टोलीले अघिल्लो चरणमा स्थान बनाउने भएकाले दुबै टोली पहिलो खेलबाटै सकारात्मक नतिजाको खोजीमा रहने छन् ।
यसअघि हिजो भएको खेलमा प्रदेश एकलाई ८ विकेटले हराउदै प्रदेश तीनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।