इटहरीमा रहेको एल एंड सी मोडेल एजेन्सीले सुनसरी लिटल प्रिन्स एंड एन्जल प्रतियोगिता गर्ने

मनोरंजन

इटहरीमा रहेको एल एंड सी मोडेल एजेन्सीले सुनसरी लिटल प्रिन्स एंड एन्जल गर्ने भएको छ । भिभिन्न समयमा कार्यक्रम गर्दै आएको यस मोडेल एजेन्सीले फेसन सो , रङ वे ,ब्राइड्ल सो र सह आयोजकको रुपमा रहेर इटहरी म्युजिक फेस्टिबल समेत गरि सकेको यसै एजेन्सीका प्रमुख दिपक गिरि बताउछन ।सुनसरी लिटल एंड एन्जल गर्नुको मुख्य उदेश्य केटाकेटीहरुमा देखिन क्षमता अभिबृदी गर्ने उदेस्यले यो कार्यक्रम गर्न लागेको गिरीले बताए । यसै कार्यक्रममा बिजेता हुने बालक तर्फ २५००० नगद र अन्य उपहार रहेको छ ,दोर्सो हुने बालक लाइ १५००० र अन्य उपहार त्यसै गरि तेस्रो हुने बिजेता लाइ १०००० र अन्य उपहार रहेको आयोजकले बताएको छ । त्यसै गरि बालिका तर्फ बिजेता हुने लाइ २५००० ,दोर्सो हुने लाइ १५००० त्यसै गरि तेस्रो हुने लाइ १०००० र अन्य उपहारको ब्यबस्था रहेको आयोजकले जानकारी दिएको छ । यस प्रतियोगिताको अडिसन केहि दिन पछि गर्ने यसै एजेन्सीका प्रमुख दिपक गिरीले बताए । उमेरको हद ६ देखि १३ सम्म रहने आयोजकको तर्फ बाट झुमा गिरिले बताइन ।यस कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन भने कार्यक्रम संयोजक निश्चल पलिखे त्यसै गरि अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ ,इभेन्ट एमसीमा सरुपा थापा मगर ,अफिसियल कोर्योग्रफ़र संगीता चौधरी रकेको छिन । त्यसै गरि भिजिट नेपाल लाइ सफल पर्नको लागि यो प्रतियोगिता संचालन गरेको गिरि बताउछन । त्यसै गरि १ जना उत्कृस्ट गार्जेंन लाइ पनि अवार्डको ब्यबस्था रहेको आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।