Logo

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिदै

न्युजडेस्क
२०७६ पुस १६ , बुधबार ०८:०१ मा प्रकाशित

नेपाल भ्रमण वर्ष २०२० को बुधबार अर्थात सन् २०२० जनवरी १ अर्थात आजदेखि सुरु हुँदैन । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिदैछ ।उद्घाटन समारोह अपराह्न ४ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् ।

भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

उद्घाटन समारोहलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न स्थानका सडक प्रयोग नगरेर वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?