ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको तयारी सुरु, क्यान भन्छ : निर्धारित मितिमै सिरिज हुन्छ

अन्य खेलकुद

नेपाल क्रिकेट संघ क्यानले एक दिवसीय विश्वकप छनोटका रुपमा रहेको लिग टु अन्तर्गत ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको तयारी सुरु गरेको छ ।
प्रतियोगिताको तयारी सुरु गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निर्देशन दिए लगत्तै नेपालले तयारी सुरु गरेको हो । केहि साता अघि सिरिजको तयारी बुझ्न काठमाण्डौ आएको आईसीसीको टोलीले सिरिजको तयारी सुरु गर्न निर्देशन दिएको थियो ।
फ्रेब्रुअरी पहिलो साता हुने भनिएपनि सिरिजको यकिन मिति भने सार्बजनिक गरिएको छैन् । त्रिबि क्रिकेट मैदानको पिचको अवस्था र अन्य बिषय अवलोकन पछि जनवरी पहिलो सातामा यकिन मिति घोषणा गर्ने आईसीसीको तयारी छ । त्यसका लागि केहि दिनमै आईसीसीले प्राबिधिक टोली काठमाण्डौ पठाउदैछ ।
मैदानको व्यवस्थापन र तयारी सन्तोषजनक भए फ्रेब्रुअरी ५ कै मितिमा सिरिज गराउने आईसीसीको तयारी छ । क्यानका सचिव अशोकनाथ प्याकुरलेका अनुसार मैदान निरिक्षण र पिचको अवस्था बुझ्न भोली वा पर्सी आईसीसीले क्युरेटरको टोली काठमाण्डौ पठाउने छ । उनीहरुको रिर्पोटका आधारमा मात्र सिरिजको मिति टुंगो लाग्नेछ । प्याकुरेलले भन्नुभयो– नेपालको तयारीप्रति आईसीसी सकारात्मक छ, सार्बजनिक गरिएको फ्रेब्रुअरी ५ कै मितिमा सिरिज हुन्छ ।
आईसीसीले मैदानको ब्यबस्थापनसंगै सुरक्षा चासोलाई पनि बिशेष ध्यान दिन क्यानलाई आग्रह गरेको छ । नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवापछि क्यानको ब्यबस्थापनमा हुन लागेको यो नै पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।