Logo

ए डिभिजन लिगमा आज अर्थपुर्ण २ खेल हुदै

कैलाश
२०७६ पुस १५ , मंगलबार ११:१२ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि २ खेल हुदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने दुबै खेल निक्कै अर्थपुर्ण रहेका छन् । आजको पहिलो खेलमा बिहान साढे ११ बजे च्यासल र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् । जारी सिजन अपराजित रहेको जावलाखेल चौथो चरणमा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला ३ खेलमध्ये १ जित र २ खेलमा बराबरीको नतिजा निकालेको जावलाखेल ५ अंकमा तालिकाको पाँचौ स्थानमा रहेको छ । च्यासललाई हराउदै जावलाखेल शीर्ष तीनमा पुग्ने प्रयासमा रहनेछ । १ जित, समान बराबरी र हार भोगेको च्यासल चौथो चरणमा जित निकाल्दै तालिकामा सुधार गर्न चाहान्छ । यो खेलमा सबैको नजर च्यासलका स्टाईकर सन्तोष साउखलमा रहनेछ । घरेलु लिगमा सयौ गोलनजिक रहेका साउखल जावलाखेलबिरुद्ध ईतिहास बनाउने लक्ष्यमा रहनेछन् ।
सोहि मैदानमा दिउँसो ३ बजे ब्रिगेड र हिमालयन शेर्पा क्लब आमने सामने हुनेछन् । घरेलु लिगमा एक सयौ खेल खेल्न लागेको ब्रिगेड त्यसलाई सफल बनाउन चाहान्छ । १ जित र २ हारको नतिजा निकालेको ब्रिगेड आफ्नो शतक खेललाई ऐतिहासिक बनाउने योजनामा छ ।
जारी सिजन जितको स्वाद चाख्न नपाएको शेर्पा ब्रिगेडबिरुद्धको खेलमा ब्रेक थ्रु गर्ने लक्ष्यमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?