Logo

मिस्टर एंड मिस सुनसरी २०१९: ऋतु श्रेष्ठ र क्षितिज लामिछाने बिजयी

न्युजडेस्क
२०७६ पुस १४ , सोमबार ०४:१२ मा प्रकाशित

समय समयमा सौन्दर्य तथा फेसन सो लगायतका प्रतियोगिताहरु आयोजना गर्दै आएको ड्रिम मोडलिंग एजेन्सिको आयोजनामा मिस्टर एण्ड मिस सुनसरी प्रतियोगिताको फाइनल सम्पन भएको छ । मिस्टर एण्ड मिस सुनसरीको मिस तर्फको बिजेता ऋतु श्रेष्ठ बन्न सफल भएको छिन भने मिस्टर तर्फ क्षितिज लामिछाने भएका छन । त्यसै गरि दोर्सो स्थान बनाउन सफल मिस शैन भट्टराई भएकी छिन भने मिस्टर तर्फ कुशल श्रेष्ठ भएका छन । त्यसै गरि तेर्सो स्थानमा मिस मेचवा गुरुङ मिस्टर तर्फ अनिल साही ठकुरी भएका छन ।

पुरुष तर्फ प्रथम हुनेलाई नगद ५० ,दोस्रो हुनेलाई २५ हजार तेस्रो हुनेलाई १५ हजार,महिलालाई ५०हजार नगद ताज ,ट्रफी अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागिताको व्यवस्था आदि हात पारेका छन । यस सौन्दर्य प्रतियोगिता इटहरीमा रहेको इम्पेरियल लाउन्जमा भएको थियो सुनसरी बासिहरुको उलेख्य उपस्थितिमा सो कार्यक्रम सम्पन भएको थियो ।

प्रतियोगिता आयोजक संस्थाको तर्फबाट प्रतियोगिताको फिनालेका दिन इटहरी ४ मा रहेको अनाथ आश्रमलाई ५० हजार नगद उपलव्ध गराएको छ । यस कार्यक्रमका संयोजक निश्चल पलिखे रहेका थिए भने आयोजकमा सौरव मान भण्डारी र सोनु भुजेल रहेकी थिन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?