Logo

तेस्रो जितसंगै मछिन्द्र शीर्ष स्थानमा उक्लियो

कैलाश
२०७६ पुस १४ , सोमबार ०५:१२ मा प्रकाशित

मछिन्द्र क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । चौथोचरणको खेलमा आज न्युरोड टिम एनआरटीलाई १–० ले हराउदै मछिन्द्र तालिकाको शीर्ष स्थानमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई जिताउन ९० औ मिनेटमा एडिलाजा सोमिडेले गरेको गोल निर्णायक बन्यो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा निक्कै प्रतिस्पर्धात्मक खेलमा एनआरटी अन्तिम समय सम्हालिन नसक्दा अंक गुमाउन बाध्य भयो । मछिन्द्रको ४ खेलबाट ९ अंक भएको छ । लिगमा सुरुवाती तीनै खेलमा जित निकालेको मनाङसंग अंक बराबरी भएपनि मछिन्द्र गोल अन्तरमा अघिरह्यो ।
मनाङले आजै फ्रेण्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ । एनआरटीको यो भने यो लगातार दोस्रो हार हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?