सागमा आज विभिन्न १५ खेलका ईभेन्ट हुदै

अन्य खेलकुद

१३ औ दक्षिण एसियाली खेलकुद सागको तेस्रो दिन आज बिभिन्न १५ खेलका बिभिन्न स्पर्धामा प्रतिस्पर्धा हुदैछ । आज बास्केटबल, एथलेटिक्स, ब्याटडमिन्टन, महिला र पुरुष क्रिकेट, साईकिलिङ, पुरुष फुटबल, गल्फ, कराते, खोखो, सुटिङ, टेनिस, तेक्वान्दो, उसु, ट्रायथलन र भलिबलका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
दोस्रो दिन हिजो १५ स्वर्ण पदक हात पारेको नेपालले आज पनि तेक्बान्दो, कराते र उसुका स्पर्धाबाट थप स्वर्ण जित्ने अपेक्षा गरिएको छ । महिला भलिबलको फाईनलमा भारतसंग खेल्ने नेपालले पुरुष क्रिकेटमा श्रीलंकाको २३ बर्ष मुनीको टोलीसंग खेल्नेछ । आज पदकका आशा गरिएका उसुसहित, कराते र तेक्वान्दोका स्पर्धामा पनि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उसुमा आज २२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्सका ७, सुटिङका ५, तेक्वान्दोका ४ स्वर्णको पतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।