पुरुष फुटबलको आफ्नो पहिलो खेलमा नेपालले भुटानसंग खेल्दै

खेलकुद फूटबल

साग पुरुष फुटबल अन्र्तगत आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसंग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो १ बजे नेपाल र भुटानबिचको खेल सुरु हुनेछ । पहिलो खेलमा हिजो बलियो टोली बंगलादेशलाई हराएको भुटान आयोजक नेपालमाथी पनि त्यस्तै नतिजाको अपेक्षामा रहेको छ । नेपाल भने पहिलो खेलमा जित निकाल्दै साग फुटबलमा सुखद सुरुवात गर्न चाहान्छ । डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपाल घरेलु मैदानमा उपाधि रक्षा गर्ने योजनामा छ ।
दशरथ रंगशालाको पुर्ननिर्माणपछि नेपालले लामो अन्तरालमा गृहमैदानमा अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि हिजो भएका खेलमा भुटानले बंगलादेशलाई एक शुन्यले हराउदा श्रीलंका र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।