लेष्टर सिटि प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लियो

खेलकुद फूटबल

एजेन्सी । लेष्टर सिटि ईङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । १४ औ चरणको खेलमा गएराती एभर्टनलाई २–१ ले हराउदै लेष्टरले शीर्ष स्थानको लिभरपुलसंगको दुरी ८ अंकमा छोट्याएको छ । पहिलो हाफमा रिचार्लीसनको गोलबाट अग्रता बनाएपनि एभर्टन दोस्रो हाफमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो । लेष्टरका लागि जेमी भर्डी र केलेची ईन्हान्चोले एक एक गोल गरे । ६८ औ मिनेटमा भर्डीले गोल गर्दै लेष्टरलाई बराबरीमा पुर्याएका थिए । ईन्ज्युरी समयमा ईन्हान्चोले गोल गर्दै टोलीलाई ३ अंक दिलाए । १४ खेलबाट ३२ अक जोडेको लेष्टरले म्यानचेष्टर सिटिलाई पछि पार्दै दोस्रो स्थानमा उकिलएको हो ।
गएरातीका अन्य ३ खेल भने बराबरीमा सकिएका छन् । म्यानचेष्टर युनाईटेड र एष्टन भिल्ला तथा आर्सनल र नर्विचले २–२ को बराबरी खेल्दा वोल्भरहेम्प्टन र सिफिल्ड युनाईटेडले एक एकको बराबरी खेल्दै अंक बाडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।