Logo

धरान उपनिर्वाचन: मेयरमा काँग्रेसका तिलक राई विजयी

न्युजडेस्क
२०७६ मंसीर १६ , सोमबार १२:१२ मा प्रकाशित

 ३० बर्षे लामो नेकपाको इतिहासलाइ तोडदै धरानमा  भएको उपनिर्वाचनले नेपाली कांग्रेसका तिलक राइ मेयर पदका लागि योग्य ठहरीएका छन । गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचन अन्तरगत सार्वजनिक गरिएको मत परिणाम अनुसार नेपाली कांग्रेसका तिलक राइ  २६ हजार ७ सय ९ मतले धरानको मेयर पदमा बिजयी बनेका हुन । उनका प्रतिद्वन्दि नेकपाका प्रकाश राइले भने २३ हजार ९ सय १४ मत प्राप्त गरेका छन । सोमबार सकिएको मतगणनको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् ।

यो भन्दा अगाडी २०७४को स्थानीय तहको निर्वाचनमा धरानउपमहानगर अन्तरगत  १८ र १४ मा मात्रै जित हाशिल गरेको नेपाली कांग्रेसले यो उपनिर्वाचनमा अधिकांस वडाहरूमा फराकिलो जित हाशिल गरेर नेकपाले रचेको इतिहास लालकिल्ला तोडदै कांग्रेसका तिलकले अर्को नयाँ इतिहास रचेका छन । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि धरानमा मंसिर १४ गते उपनिर्वाचन सम्पन्न गरिएकाे थीयाे ।

२०१७ सालमा स्थापना भएको धरान नगरपालीकामा त्यो बेला देखिनै कम्युनिस्टहरूले जित्दै आएका थिए । द्वन्दकालको समाप्ति संगै भएका निर्वाचनहरूमा भने कांग्रेसले केहि वडाहरूमा जित हािशल गर्दै आएपनि नगर प्रमुखमा कहिले जित हाशिल गर्न सकेको थिएन । तर यो पटक भएको उप निर्वाचनमा भने कम्युनिस्टहरूको अधिकांस किल्ला तोडदै नेपाली कांग्रेसका तिलक राइले नयाँ इतिहास रच्नुका साथै तत्कालिन प्रमुख तारा शुब्बाको निधन पश्चात खाली रहेको मेयर पदको निर्वाचनलाइ जितमा बदलेर अर्को इतिहाँस बनाउन सफल भए 

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?