Logo

धरान उपनिर्वाचन : ४५ प्रतिशत मतदान सम्पन्न

न्युजडेस्क
२०७६ मंसीर १४ , शनिबार ०३:११ मा प्रकाशित

धरान उप महानगरको प्रमुख र सात नम्बर वडाको अध्यक्ष छान्नका लागि भइरहेको निर्वाचनमा अहिले सम्म ४५ प्रतिशत मत खसेकाे निर्वाचन अायाेगकाे कार्यालय धरानले जनाएकाे छ । बिहान ११ बजे ३० प्रतिशत सम्म मत खसेकाे धरान उपनिर्वाचन अन्तरगत शनिबार दिउसाे २ :३० बज्दा ४५ प्रतिशत मत खसेकाे साे कार्यालयले जानकारी दिएकाे हाे ।तत्कालिन मेयर तारा शुब्बाकाे निधन पश्चात खाली भएकाे मेयर पदकालागि घाेषित उपनिर्वाचन अन्तरगत धरानकाे २८ मतदान केन्द्र र ९९ मतदानस्थलहरूमा शनिबार बिहानै देखि शान्तकाे वातावरणमा मतदान भइरहेकाे निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतिले बताए ।मतदाताहरूलाइ मध्यनजर गर्दै मतदान भने अाजै साझ ५ बजे भित्र सकिनेमा बिस्वस्त रहेकाे निर्वाचन अायाेगकाे कार्यालय धरानले जनाएकाे छ । यद्पी धरानमा एक मेयर पदकालागि २३ जना चुनावी मैदानमा उत्रिएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?