चन्द्रागिरी गोल्डकपको उपाधिका लागि शसस्त्र र पुलिस भिड्दै

अन्य खबर

तेस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबलको उपाधिका लागि विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपिएफ भिड्दैछन् । चन्द्रागिरी नगरपालिकास्थित पुरानो नैकापको खेल मैदानमा दिउँसो २ बजेपछि गोल्डकपको उपाधि भिडन्त सुरु हुनेछ ।
पुलिसले पहिलो सेमिफाइनलमा ब्रिगेड ब्वाईज क्लबलाई १–० ले हराउदै फाईनलमा स्थान सुरक्षित गरेको हो । एपीएफले थ्रीस्टारको चुनौती सडेन डेथबाट पाखा लगाउदै पुलिससंगको उपाधि भेट पक्का गरेको हो । दिपशिखा युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा ३ विभागीय सहित १० टोलीको सहभागीता रहेको छ ।
गोल्डकपको उपाधि विजेताले ६ लाख ५० हजार र उपविजेता टोलीले ३ लाख ५० हजार रुपैया हात पार्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।