Logo

आठ किलो सुनसहित चिनियाँ नागरिक मध्यरातमा पक्राउ

न्युजडेस्क
२०७६ मंसीर १३ , शुक्रबार १२:११ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुई जना चिनियाँ नागरिक मध्यरातमा पक्राउ परेका छन् ।हङकङबाट आएका उनीहरुलाई प्रहरीले विहीबार राति ११ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन छिन्जुवङ हुन् भने अर्का एक जनाको नाम खुलेको छैन ।नेपाल एयरलाइन्सको विमानमार्फत नेपाल आएका उनीहरुलाई महानगरीय वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?