प्रधानमन्त्रीलाई मिर्गौला दिन दुई जना दाता तयार

मुख्य खबर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन दुई जना नातेदार तयार भएका छन् । मिर्गौला दिने मानिसको स्वास्थ्य परीक्षण भइरहेको छ । कान्तिपुरमा खबर छ ।

पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिएपनि त्यसका निम्ति दाताहरु खोजिसकिएको थाहा भएको छ ।

नयाँ दिल्लीको इन्द्रप्रस्थ ओपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित गिर्गौलालाई शरीरले रिजेक्ट गरेपछि प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निर्णयमा पुगेका थिए । त्यसपछि सम्भावित दाता खोज्न थालिएको थियो ।

त्यसक्रममा प्रधानमन्त्रीको ससुरालीतर्फबाट नाता पर्ने एक जना र घरतर्फबाट नाता पर्ने एक जना गरि दुई जना महिलाको विस्तृत स्वस्थ्य परीक्षण भइरहेको छ ।

स्रोतकाअनुसार ससुरातलीतर्फ नाता पर्ने महिला ५० वर्ष काटेकी छन् भने घरतर्फ नाता पर्ने झापाकी युवती ३५ वर्ष मुनिकी रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।