Logo

धरान आएर सुवासचन्द्र नेम्वाङले भने, भ्रष्टाचार बढेको हैन, कारबाही सुरु भएको हो

न्युजडेस्क
२०७६ मंसीर ११ , बुधबार ०८:११ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा पूर्व सभासद् सुवासचन्द्र नेम्वाङले अहिले देशमा भ्रष्टाचार बढेको नभई कारबाहीको प्रक्रिया अगाडि बढेको बताएका छन् । धरानमा बुधबार बृहत चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘अहिले देशमा भ्रष्टाचार बढेको हैन, कारबाहीको प्रक्रिया चैँ सुरु भएको हो ।’ धरानमा नेकपाको बिजयी औपचारिक रुपमा घोषणा हुन मात्र बाँकी रहेको उनको दाबी थियो ।
‘नेकपाले सबै जनतालाई समेटेको छ,’ नेम्वाङले भने, ‘नेकपा कानुन र शासनको पक्षमा रहेको छ, गरीबलाई ऐन र धनीलाई चैन हुनेछैन ।’ उनले इतिहाँसमै जनजातीमैत्री संविधान अहिले रहेको औल्याउँदै कालापानी विवादको नक्सा भारतले प्रकाशित गर्नासाथ नेकपाले आवाज उठाएको भएपनि कांग्रेसले गलत प्रचार गरेकोप्रति आपत्ती जनाए । 

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?