Logo

धरानको मेयरमा भोट माग्दै साझा पार्टी

न्युजडेस्क
२०७६ मंसीर ११ , बुधबार ०८:११ मा प्रकाशित

आगमी मंसिर १४ गते धरानमा हुने उपनिर्वाचनमा साझा पार्टीले धरानको मेयर पदका लागि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार राजनकुमार श्रेष्ठलाई भोट माग्न साझा पार्टी मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन ।मतदाता भेट्न साझा पार्टी सुनसरीका संयोजक रामकुमार गिरी विभिन्न टोलका मतदाता माझ पुगेका हुन् । हामी धरानको कुना कुनामा पुगेका छौ । धरानमा मात्र ८० हजार प्रचार सामाग्री बाढेका छौ । जनमत आफ्नो पक्षमा पार्न सुनसरीमा साझा पार्टी सक्रिए भएको उनी बताउँछन ।अन्य पार्टीसँग जनता निराश भएको भन्दै यसपालि जनताले साझा पार्टी रोज्ने उनको दाबी थियो । धरानका टोल टोलमा सरकार पक्ष सँग रिसाएकाहरुले साझा पार्टीलाई मतदान गर्नेमा विश्वास लिएको गिरीको भनाई छ । साझा पार्टीका कोषाध्यक्ष योगेन्द्र गिरीले धरानको चुनाव प्रतिष्ठाको भएको बताए ।सम्मानजनक मत हामी ल्याउँछौ । धरान शिक्षित शहर भएको कारण पनि हामी आशाबादी छौ योगेन्द्र भन्छन् । विदेशबाट धेरैका छोराछोरीले तराजुमा मत हाल्न फोन गरेका छन भनेर धरानका आमा बाबुले भनेका छन गिरी उत्साहित हुदै भन्छन् । देश र जनताका लागि आफ्नु उम्मेदवार दिएको राजनकुमार श्रेष्ठ बताउछन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?