घाइते खेलाडी लाई गोल नेपालको तर्फ बाट साढे ४ लाख सहयोग

समाज

फुटबल खेलमा विपक्षी टिमले लडाउँदा गम्भिर घाइते भई स्पाइनल इञ्जरी भएका बराहक्षेत्र वडा ३ बाङगे बजारका १७ वर्षिय विद्यार्थी खेलाडि प्रज्वल राईको उपचारका लागि गोल नेपाल डटकम सपोर्टसहरु बाट संकलित कुल ४ लाख ६६ हजार १ सय २९ रुपैयाँ आइतवार राईको परिवार लाई हस्तान्तरण गरिएको छ । धरानको फेयर एफसी फुटबल क्लब बाट धरानमा किशोरहरु विच फुटबल म्याच खेल्दा गएको कात्तिक ७ गते उनि खेल मैदानमा लडेर गम्भिर घाइते भएका थिए ।
गोलनेपाल सपोटर्सको तर्फबाट संकलित उक्त रकम गोल नेपालका प्रदेश १ प्रतिनिधि जनम बरालले घाइते राईको बुबा जयप्रकाश राई लाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बुवा राईले भने ‘हाम्रो घरको आर्थिक अबस्था कमजोर भएकोले म दिन भरि टेम्पो चलाएर हातमुख जाड्ने कमाई गछु, मलाई संकट परेको बेला गोलनेपाल समर्थकहरुले सहयोग गर्नु भयो, यो गुनलाई म कहिल्यै विर्सन्न ।’ उनका अनुसार अहिले सम्म उपचारमा ५ लाख ५० हजार भन्दा बढि खर्च भई सकेको छ । सरकारले १ लाख छुट दिएको थियो । रकम हस्तान्तरण गर्दै जनम बराले यो सहयोग रकम फुटबलका युवा प्रमीहरु बाट संकलन भएको हो गोल नेपाल केवल माध्यम भएको बताए ।
घाइते प्रज्वल लाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । आर्थिक अवस्था कमजोर भएको उनको परिवारले ऋण खोजेर करिब ५ लाख ५० हजार खर्च भएपछि थप उपचार गर्न आर्थिक समस्या भएको थियो । उनको उपचार आर्थिक अवस्थाका कारण रोकिन आँटेको बारेमा स्थानीय अमृत राईले गोल नेपालका प्रदेश १ प्रतिनिधि जनम बराल लाई घट्ना बारे सबै सुनाएका थिए । बरालले गोल नेपाल डटकममा घाइते विद्यार्थी खेलाडि राई लाई सहयोगका लागि आग्रह गर्दै गोल नेपालमा एक भिडियो सन्देश दिएका थिए । सोही आधारमा उक्त सहयोग रकम संकलन भएको उनले बताए ।
बरालले भिडियो सन्देशमा भनेका थिए ‘कुनै पनि नेपाली खेलाडीले फूटबल खेल्दा वा खेलेर दःुख आपत आइपर्दा गोलनेपाल चुप लागेर बस्न सक्दैन किन कि हामी सँग ‘अमेजिङ’ समर्थकहरु हुनुहुन्छ ।’ साथै उनले चिनेको खेलाडीहरु लाई फोन गरेर घट्ना बारे जानकारी गराउँदै एउटा खेलाडी लाई परेको यस्तो घट्नामा अब के गर्ने भन्दै कुरा गर्दा कसैले १ हजार २ हजार ५ हजार १० हजार सहयोग प्रदान गरेका थिए । एभरेष्ट फुटबल क्लब बराहक्षेत्र ३ नडाहाले १५ हजार सहयोग गरेपछि विभिन्न क्लब खेलाडी साथै देश बिदेश बाट सहयोगहरु आउनु थालेको बरालले बताए ।
उनलाई उपचारका लागि अस्पताल लगेपछि उनको मेरुदण्डको शल्यक्रिया गर्नुपर्ने बताइएको थियो । कमजोर आर्थिक अवस्था भएको राईको परिवारलाई उपचार खर्चका लागि सहयोगको अपिल गोल नेपाल मार्फत अपिल गरिएको हो । उक्त अपिल सार्वजनिक भएपछि नेपाली फुटबलमा सक्रिय भएर लालेगको गोलनेपाल फाउण्डेशनले राईको सहयोगका लागि अभियान नै चलाएको थियो । अभियनको क्रममा विभिन्न फुटबल खेलाडी तथा देश विदेशमा रहेका फुटबल समर्थकहरुले उनलाई आर्थिक सहयोग गरेका थिए ।मोर्निग्स टाइम्स डेल्लीको सयहोग बाट

तपाइको प्रतिक्रिया दिनुहोस ।