अर्मेनियाको पोष्टमा ईटालीको ९ गोल, स्पेनले रोमानियालाई ५–० ले हरायो

खेलकुद फूटबल

एजेन्सी । युरोकप छनोट अन्तर्गत गएरातीको खेलमा ईटालीले अर्मेनियालाई ९–१ को फराकिलो अन्तरले हराएको छ । यसअघि नै युरोकपमा स्थान बनाईसकेको ईटालीले एकपक्षिय खेलमा फराकिलो अन्तरको जित हात पारेको हो । सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान २ गोल गरेको खेलमा निकोलो बरेला, एलेसीयो रोमागोन्ली, रिकार्डो आर्सोलिनी र फेडरिको चियासाले एक गोल गरे । जोर्गीन्होले पेनाल्टिमार्फत अर्को गोल थपेका थिए । पहिलो हाफमा ४–० को अग्रता बनाएको ईटालीले दोस्रो हाफमा १ गोल खादै ५ गोल थपेको थियो ।
गएरातीनै स्पेनले रोमानियालाई ५–० ले स्तब्ध पार्यो । जेरार्ड मोरेनोले २ गोल गरेको खेलमा फाबियन रुईज र मिकेल आयारजाबालले एक एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । १० खेलबाट २६ अंक जोडेको स्पेन समुह एफको शीर्ष स्थानमा रहदै युरोकपमा प्रबेश गरेको हो । अन्य खेलहरुमा स्विटजरल्याण्डले जिब्राल्टरलाई ६–१ ले, स्वीडेनले फारोई आईसल्याण्डलाई ३–० ले तथा नर्बेले माल्टालाई २–१ ले पराजित गरे । फिनल्याण्ड ग्रीससंग २–१ ले स्तब्ध हुँदा बोस्निाया हर्ज गोभिनाले लिचेष्टाईनबिरुद्ध ३–० को सहज जित निकाल्यो । डेनमार्क र आयरल्याण्डले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।