Logo

सिके राउतको पार्टी पनि उपनिर्वाचनमा भाग लिँदै

न्युजडेस्क
२०७६ कात्तिक २७ , बुधबार ०३:११ मा प्रकाशित

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा सिके राउत नेतृत्वका जनमत पार्टीले पनि भाग लिने भएको छ । गएको फागुनअघि स्वतन्त्र मधेश अभियान चलाउँँदै आएका सिके राउतले सरकारसंग समहति गर्दै मुलधारको राजनीतिका आएका हुन् ।

मुलधारको राजनीतिमा आएका राउतले बैशाखमा मात्रै आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । जनमत पार्टीले स्थानीय तहको उपनिर्वाचनका लागि तराई मधेशमा उम्मेदवारी दिने पाटीका नेता चन्दन सिंहले बताए ।

तराई मधेशमा मात्रै संगठन भएकाले अहिलेको उपनिर्वाचनम तराई मधेशमा मात्रै उम्मेदवारी दिने उनले बताए । पार्टीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचना मने भाग नलिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?