Logo

दोस्रो वडा स्तरीय नक आउट फुटबल प्रतियोगितामा आज भएका खेलमा टिममा आयोजक र कोशी फुटबल विजय

न्युजडेस्क
२०७६ कात्तिक २३ , शनिबार ०६:११ मा प्रकाशित

अन्सार अन्सारी

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साबिकको रामनगर भुटाहा मा दोस्रो वडा स्तरीय नक आउट फुटबल प्रतियोगिता सुरु भएको आज शनिबार चाैथाै दिनको खेलमा दुईवटा टिमखेलेको थियो ।

पहिलो खेलमा भुटाहा स्पोर्ट्स कल्ब आयोजक टिम प्लाइन्टी मार्फत ३ गोलले विजय भएको छ ।भुटाहा स्पोर्ट्स कल्ब आयोजक टिमले शिशुवा फुटबल कल्ब हरिनहर ५ लाई ३ –१ को पल्यन्टी गोल अन्तरले पराजित गर्दै विजयी भएको छ ।

भुटाहा स्पोर्ट्स कल्बका कप्तान नवाज अन्सारी ,विजय मण्डल ,नोशाद अन्सारीले पल्यन्टी गरी टिमलाई विजयी गराएका हुन । त्यसै गरी भुटाहा स्पोर्ट्स कल्ब आयोजक टिमले शिशुवा फुटबल कल्ब लाई ३ –१ को गोल अन्तरले पराजित गर्यो ।

अर्को खेल कोशी फुटबल कल्ब हरिनगर २ र नुरि फुटबल कल्ब भिच खेल भएको थियो । खेलमा कोशी फुटबल कल्बले नुरि फुटबल कल्ब इनरुवा नगरपालिका १० जलपापुर लाई २–१ ले पराजित गर्यो । खेलको ०५ मिनेटमा नुरि फुटबल कल्बका मेराज अन्सारीले एक गोल गरीएको थियो ।कोशी फुटबलका शम्भु मरिकले १५ मिनेटमा १ गोल गरि खेल बराबरीमा लियाएको थियो ।त्यसै गरी खेलको ४५ मिनेटमा कोशी फुटबल कल्बका कप्तान वशिक अन्सारीले १ उत्कृष्ट गोल गरि आफ्नो टिमलाई अग्रता दिलाए । त्यसै गरी कोशी फुटबल कल्बले नुरि फुटबल कल्ब इनरुवा १० जलपपुर लाई २–१ को गोल अन्तरले पराजित गर्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?